ओमिक्रोन नामक कोरोना भाइरसले १६ दिनमा विश्वमा मच्चायो तहल्का, युरोप, अमेरिका सहित दर्जनौं देशले गरे यात्रा प्रतिबन्ध

११ मंसिर २०७८, शनिबार १४:१७

काठमाडौं । यही नोभेम्वर ११ मा अफ्रिकाको बोट्स्वानामा देखिएको ओमिक्रोन नामक कोरोना भाइरसको उत्परिवर्तित रुपले सिंगो विश्वलाई नै आतंकित बनाएको छ । पहिलो संक्रमण पुष्टि भएको १६ दिनको अवधीमा सो ओमिक्रोन कोरोना भाइसको संक्रणमा सिंगो अफ्रिकाका दर्जनौं स्थानमा फैलिइसकेको छ ।

यद्यपि विश्व स्वास्थ्य संगठनले भने अफ्रिकामा ओमिक्रोन नामक कोरोना भाइरसको नयाँ स्वरुप गत बुधबार पुष्टि भएको जनाएको छ । हिजो सो भाइरसबारे नयाँ सूचना जारी गर्दै विश्व स्वास्थ्य संगठनले सचेत रहन अपिल गरेको छ ।

विश्व स्वास्थ्य संगठनले नयाँ मोडलको कोरोना भाइरस हालसम्मकै शक्तिशाली, छिटो फैलिन सक्ने क्षमता भएको भाइरस भएको तथ्य उजागर गरिसकेको छ । नयाँ भाइरस नियन्त्रणका लागि हाल विकास गरिएको खोपले काम गर्छ कि गर्दैन भन्नेबारे अनेकन आशंकाहरु उत्पन्न भएपछि विश्व जगत पुनः आतंकित बन्दै यात्रा प्रतिबन्ध समेतको तहमा पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । कोरोना भाइरस फैलिएपछि बीबीसी, सिएनएन, न्यूयोर्क टाईम्सले उच्च प्राथमिकताका साथ नयाँ भेरियन्टको भाइरसबारे समाचारहरु प्रकाशन गर्दै आइरहेका छन् ।

अफ्रिकाबाट हुने सबै उडानलाई अमेरिका, युरोप, दुबई, बेलायत सहितका दर्जनौं मुलुकहरुले अफ्रिकी देशहरुको आपतकालिन रुपमा स्थगित गर्ने निर्णय गरेका छन् । साथै अफ्रिकाबाट हवाई उडानमार्फत पुगेका हजारौं मानिसहरुलाई सम्बन्धित देशहरुले विमानस्थलमै राखेर नयाँ म्यूटेड कोरोना भाइरसको परिक्षण गरिदैछ ।

सबै २७ ईयू राष्ट्रका स्वास्थ्य प्रमुखहरू शुक्रवारको आपतकालीन बैठकमा यात्रा प्रतिबन्ध लगाउन लगाएसँगै युरोप र अमेरिकाको यात्रा सम्बन्ध झनै कठिन बनेको छ । नयाँ प्रतिबन्ध बोत्सवाना, इस्वाटिनी, लेसोथो, मोजाम्बिक, नामिबिया, दक्षिण अफ्रिका र जिम्बाब्वेका यात्रुहरूमा लागू हुने उनले बताए ।

डब्लुएचओले शुक्रवार ‘ओमिक्रोन’ नाम दिएको उक्त नयाँ भेरियन्टमा प्रारम्भिक प्रमाणहरूका आधारमा अन्य भेरियन्टहरूको तुलनामा पुनः संक्रमणको उच्च जोखिम रहेको बताइएको छ । वैज्ञानिकहरूले यो अहिलेसम्मको सबैभन्दा भारी उत्परिवर्तित भएको संस्करण भएको उल्लेख गरेबाट विश्वकै बैज्ञानिकहरु नयाँ खोपले काम गर्छ कि गर्दैन भने सशंकित बन्न पुगेका हुन् ।

हाल सो भेरियन्ट हंगकंग, बेल्जियम, इजरायलसम्म फैलिइसकेको छ । नेपालको छिमेकी मुलुक भारतले सबै राज्यहरूलाई दक्षिण अफ्रिका र अन्य ‘जोखिममा’ रहेका देशहरूका अन्तर्राष्ट्रिय यात्रुहरूको परीक्षण र स्क्रिन गर्नको लागि निर्देशन जारी गरेको छ । यता, जापानले आफ्नो देशमा प्रवेश गर्ने यात्रुहरुलाई कडाई गर्ने निर्णय गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*