समता घरेलु लघुवित्तको साधारण सभा पुस ७ गते, बुक क्लोज कहिले ?

१२ मंसिर २०७८, आईतवार १०:५३

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुस ७ गतेका लागि बोलाएको हो । सभा मिराबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपलाल्चोकमा बिहान ११ः३० बजे हुने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको २० प्रतिशतले हुन आउने ५ करोड ७१ लाख २० हजार १६० रुपैयाँ बराबरको बोनश शेयर पारित गर्नेछ ।

साथै सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र लेखापरीक्षकको प्रतिवेदन सहितको बासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने जनाएको छ । साथै आर्थिक वर्ष २०७८।०७९ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव समते पारित गर्ने छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि मंसिर २४ गते देखि पुष ७ गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउने छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*