एनएलजी इन्स्योरेन्सको बोनश शेयर हितग्राही खातामा जम्मा

१२ मंसिर २०७८, आईतवार ११:०५

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । कम्पनीको साउन २१ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनश शेयर हितग्राहीको खातामा जम्मा भएको हो ।

साउन १३ गतेसम्म शेयर अभौतिकीकरण गराएको शेयरधनीहरुको उक्त बोनश शेयर खातामा जम्मा गरिसकेको र सो अवधि पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा क्रमश उक्त बोनश शेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।

साथै कम्पनीले अहिलेसम्म पनि शेयर अभौतिकरण नगराएका शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गर्न अनुरोध समेत गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*