एनआईबिएल प्रगति फण्डको सूचिकृत शेयरमा लगानी घट्यो

१२ मंसिर २०७८, आईतवार ११:२२

काठमाडौं । एनआईबिएल म्युचुल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डले कात्तिक मसान्तसम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार फण्डको न्याभ सामान्य बृद्धि भएको छ ।

अघिल्लो महिनाको मसान्तसम्म १२ रुपैयाँ ७० पैसा रहेको प्रतिइकाई खुद मूल्य कात्तिक मसान्तसम्ममा ३ पैसा बढेर १२ रुपैयाँ ७३ पैसा पुगेको छ ।

साथै यस अवधिसम्ममा फण्डको सूचिकृत शेयरमा लगानी भने घट्न पुगेको छ । अघिल्लो महिनामा यस्तो लगानी ५९ करोडब २७ लाख ९९ हजार रुपैयाँ रहेकोमा यस अवधिमा घटेर ५६ करोड २ लाख ६ हजार पुगेको छ । साथै यस अवधिमा फण्डको जम्मा आम्दानी समेत घटेर ३ करोड ६६ लाख १६ हजार पुगेको छ । अघिल्लो महिनामा फण्डको कुल आय ३ करोड ८९ लाख ९० हजार रहेको थियो ।

साथै यस अवधिमा फण्डको खुद सम्पत्ति भने बढेर ९५ करोड ४९ लाख ९६ हजार पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*