सांग्रिला डेभलपमेण्ट बैंकको संस्थापक शेयर लिलामीमा

१२ मंसिर २०७८, आईतवार १२:०५

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १९ हजार ८२७ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गर्ने लागेको हो ।

बैंकले यस अघि संस्थापक शेयरधनीहरुका लागि बिक्री खुल्ला गर्दा आवेदन नपरेपछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री खुला गरेको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य जोकोही ब्यक्ति तथा संघ संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*