कुमारी इक्विटी फण्डको कुल नाफा बढ्दा न्याभ बढ्यो

१२ मंसिर २०७८, आईतवार १२:२२

काठमाडौं । कुमारी सामुहिक लगानी कोष अन्तर्गत संचालित कुमारी इक्विटी फण्डले कात्तिक मसान्तको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार फण्डको न्याभ बढ्न पुगेको छ ।

अघिल्लो महिनामा १० रुपैयाँ ४८ पैसा रहेको प्रतिइकाई खुद मूल्य (न्याभ) कात्तिक महिनाको मसान्तसम्ममा १० रुपैयाँ ६६ पैसा पुगेको छ ।
साथै यस अवधिमा फण्डको सूचिकृत शेयरमा लगानी भने घट्न पुगेको छ । अघिल्लो महिनामा ४८ करोड २३ लाख २५ हजार रहेको सूचिकृत शेयरमा लगानी कात्तिक महिनामा घटेर ४२ करोड ८ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।

साथै यस अवधिमा फण्डको खुद सम्पत्ति बढेर १ अर्ब ६ करोड पुगेको छ । जुन अघिल्लो महिनामा १ अर्ब ४ करोड रहेको थियो । साथै फण्डको यस अवधिमा कुल नाफा पनि बढेको छ । अघिल्लो महिनामा २ करोड ६९ लाख नाफा गरेको फण्डले यस अवधिमा बढाएर ४ करोड ४९ लाख नाफा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*