साताको पहिलो दिन सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१२ मंसिर २०७८, आईतवार १५:०७

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सूचिकृत २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा उच्च अंकको गिरावट आउँदा कारोबार ५ अर्बमा सिमित भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको बैंकको आज एकैदिन २९ करोड ८१ लाख ९१ हजार १६१ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको २३ करोड ४८ लाख, नेशनल हाइड्रोपावरको २२ करोड ८५ लाख, एनटिसीको १९ करोड ४ लाख र निर्धान उत्थान लघुवित्तको १६ करोड २० लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*