कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा

१३ मंसिर २०७८, सोमबार ०९:२६

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

संस्थाका संस्थापक शेयरधनी तोयानाथ चालिसे, रुद्र प्रसाद शर्मा र कृष्ण काजी के.सीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त संस्थापक शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय पोखरा–१०, कास्कीमा लिखित जानकारी गराउन सकिनेछ । साथै तोकिएको समयमा कुनै लिखित जानकारी प्राप्त नभएमा उक्त शेयर अन्य व्यक्ति, बैंक तथा वित्तीय संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

 

संस्थापक शेयरधनीको नामावली र बिक्री संख्या ः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*