महालक्ष्मी विकास बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति?

१३ मंसिर २०७८, सोमबार ११:२६

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।बैंकको आइतबार सम्पन्न संचालक समिति बैठकले हाल कायम चुक्ता पुँजीबाट २० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर तिर्न १ दशमलव०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।यसर्थ, बैंकले ६६ करोड ८४ लाख ८० हजार ५४५ रुपैयाँ बराबरको रकम बोनस वितरणमा खर्च गर्नेछ ।

नगदमा बैंकले ३ करोड ५१ लाख ८३ हजार १८७ रुपैयाँ खर्च गर्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुन बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*