शेयर अभौतिकीकरण गर्ने सामलिङ पावरको शेयरधनीलाई आग्रह

१३ मंसिर २०७८, सोमबार १३:००

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले शेयर अभौतिकीकरण गर्ने आग्रह गरेको छ । कम्पनीले संस्थापक शेयरधनी र आयोजना प्रभावित स्थानियका लागि शेयर अभौतिकीकरण गर्ने अनुरोध गरेको हो ।

आयोजना प्रभावित स्थानिय र संस्थापक तर्फको स्वामित्वमा रहेको शेयर समेत धितोपत्र दोस्रो बजारमा सूचीकृत भईसकेको छ । धितोपत्र बजार पूर्ण अनलाईन कारोबार प्रणालीमा गैसकेको अवस्थामा कम्पनीले संस्थापक र आयोजना प्रभावित स्थानियलाई पनि अभौतिक रुपमा शेयर धारण गर्ने अनुरोध गरेको हो ।

कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी लकइन पिरियड सहितको डिआरएन मार्फत अभौतिकीकरण गर्ने भनेको छ ।
कम्पनीको शेयर रजिस्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालय हात्तिसार काठमाडौं सम्पर्क राखी आफुलाई बाँडफाँड भएको शेयर कित्ताको जानकारी प्राप्त गरी आफ्नो सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी लकइन पिरियड सहितको डिआरएन मार्फत अभौतिकीकरण गर्ने सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*