कतिमा भयो न्यादी हाइड्रोपावरको पहिलो कारोबार ?

१३ मंसिर २०७८, सोमबार १३:१४

काठमाडौं । धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (सोमबार) न्यादी हाइड्रोपावर कम्पनीको पहिलो कारोबार भएको छ ।आज प्रि– सेसनमा म्याचिङ भएसँगै कम्पनीको शेयर दोस्रो बजारमा कारोबार भएको छ।

कम्पनीको शेयरमूल्य प्रि–सेसनमा प्रतिकित्ता २८२ दशमलव ३ मा शुरु भएको हो । बीमा पोष्टले समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता ३१० रुपैयाँ ५० पैसा पुगेको छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९४ रुपैयाँ १३ देखि २८२ रुपैयाँ ३९ पैसा ओपनिङ रेञ्ज तोकेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*