नोटमा हस्ताक्षर गर्ने गभर्नरको कति हुन्छ तलब ? अन्य उच्च तहका कर्मचारी तलब सहित

१३ मंसिर २०७८, सोमबार १८:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ३२ लाख ६२ हजार ४०३ रुपैयाँ तलब बुझेको देखिएको छ।
वार्षिक प्रतिवेदन अनुसार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ३२ लाख ६२ हजार ४ सय ३ रुपैयाँ तलब सुविधा बुझेका हुन् । उनले गभर्नरको रुपमा ३ लाख ९४ हजार ४०० रुपैयाँ तलब, वार्षिक बैठकको २ लाख २५ हजार र अन्य सुविधामार्फत १६ लाख ४३ हजार रुपैयाँ बुझेका छन् ।

यस्तै, डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिनाले एक बर्षमा ३६ लाख ५८ हजार ७२४ रुपैयाँ तलब सुविधा बुझेकी छिन्। उनले गभर्नरको भन्दा बढी सुविधा लिएको देखिएको छ ।
अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले तलब सुविधा बापत कुल ३४ लाख ७९ हजार ८४१ रुपैयाँ बुझेका छन्। उनले पनि गभर्नरको भन्दा बढी अन्य भत्ता तथा सुविधा बुझेका छन्।
मिश्रले बार्षिक तलब ११ लाख ३७ हजार ६०० रुपैयाँ बुझेका छन्। सञ्चालक समिति बैठक भत्ता ८० हजार बुझेका छन् भने अन्य सुविधा बापत २२ लाख ६२ हजार २४१ रुपैयाँ बुझेका छन् ।
यस्तै, शिशिर कुमार ढुङ्गानाले राष्ट्र बैंकको गभर्नरका रुपमा ५ लाख ८ हजार रुपैयाँ बैठक भत्ता तथा अन्य सुविधा लिएका छन् ।

राष्ट्र बैंकको सञ्चालक तलबका रुपमा कुल ५३ लाख २८ हजार ९ सय १२ रुपैयाँ, बैठकभत्ताको रुपमा १५ लाख १० हजार र अन्य सुविधाका रुपमा १ करोड ७ लाख २६ हजार रुपैयाँ अन्य सुविधा का रुपमा खर्च भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*