समीट लघुवित्तको लाभांश घोषणा, कति दिँदै छ बोनस शेयर ?

१४ मंसिर २०७८, मंगलवार १०:५५

समीट लघुवित्तले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।कम्पनीले चुक्तापूँजीको २५ दशमलव २८ प्रतिशतले हुन आउने बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले गत आवमा सजिलो लघुवित्त वित्तीय संस्थालाई गाभेर एकीकृत कारोबार गरेकाले बोनस शेयरमा कर नलाग्ने कम्पनीले जनाएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*