नेप्सेमा मेगा बैंक र ग्लोबल आइएमई लघुवित्तको बोनस शेयरको मूल्य समायोजन

१४ मंसिर २०७८, मंगलवार १०:५९

मेगा बैंक नेपाल र ग्लोबल आइएमई लघुवित्तको बोनस शेयरको मूल्य समायोजन भएको छ ।नेप्सेले मंगलवार मेगा बैंकको १० प्रतिशत बोनस सेयरको समायोजनपछि २९२ रुपैयाँ ७३ पैसा तोकेको छ ।कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम सेयर मूल्य ३२२ रुपैयाँको आधारमा समायोजन भएको हो ।

ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत बोनस सेयरको समायोजनपछि १ हजार ६९९ रुपैयाँ ३० पैसा तोकेको छ ।कम्पनीको सोमवार २ हजार १७५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*