स्वावलम्बन लघुवित्तको साधारण सभा पुस १५ गते, यस्ता छन् एजेण्डा

१४ मंसिर २०७८, मंगलवार ११:०६

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औं साधारण सभा पुस १५ गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे एलिस रिसेप्सन गौरिधारा काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनश शेयर र कर समेत ६ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*