सिक्लेस हाइड्रोपावरलाई २० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा दियो आवेदन

१४ मंसिर २०७८, मंगलवार ११:२६

काठमाडौं ।सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि २० लाख कित्ता आईपीओ निष्कासन गर्नेका लागि सेबोनमा कात्तिक २९ गते निवेदन दिएको थियो । आईपीओ निष्कासनको अनुमति पाएसँगै कम्पनीले पहिलो चरण अन्तर्गत स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

कम्पनीको बिक्री प्रबन्धकका रुपमा बिओक क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*