नेप्से सामान्य अंकले घट्दा निर्जिवन बीमा र विकास बैंकको उपसूचकमा सुधार

१४ मंसिर २०७८, मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो दिन नेप्से सामान्य अंकले घटेको छ। नेप्से १ दशमलव ६४ अंकले घट्दा २६२८ दशमलव ३७ मा कायम भएको छ। आज सूचीकृत कम्पनीको ६४ लाख ४७ हजार ४ सय ४९ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

हिजो सर्वाधिक कारोबार गर्न सफल आइसीएफसी र महालक्ष्मी विका बैंकको आज सर्वाधिक कारोबार भएको छ । आइसीएफसी फाइनान्सको १६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने महालक्ष्मी विकास बैंकको १३ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ। त्यस्तै, संमलिङ पावर र न्यादी हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।आज निर्जिवन बीमा र विकास बैंकको उपसूचक उकालो लागेको छ भने जीवन र म्युचुअल फन्डको उपसुचक ओरोलो लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*