आइसीएफसी र महालक्ष्मी विकास बैंक सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

१४ मंसिर २०७८, मंगलवार १५:१६

काठमाडौं । आज सूचीकृत कम्पनीको ६४ लाख ४७ हजार ४ सय ४९ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

हिजो सर्वाधिक कारोबार गर्न सफल आइसीएफसी र महालक्ष्मी विकास बैंकको आज सर्वाधिक कारोबार भएको छ ।आइसीएफसी फाइनान्सको १६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने महालक्ष्मी विकास बैंकको १३ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ। त्यस्तै, संमलिङ पावर र न्यादी हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, हिमालयन डिस्टीलरी, नबिल बैंक, नेशनल हाईड्रोपावर, एनआईसी एशिया बैंकको सर्वाधिक शेयर कारोबार भएकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*