नेप्सेमा नेपाल टेलिकमको सर्वाधिक कारोबार, यी हुन आजका टप १० कम्पनी

१५ मंसिर २०७८, बुधबार १५:२०

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्जमा नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । निरन्तर घट्ने क्रममा रहेको नेप्सेमा बुधबार नेपाल टेलिकमको १४ करोड रुपैयाँको कारोबार नै सर्वाधिक हुन पुगेको छ । कुनै समय एउटै कम्पनीको दैनिक अर्बमाथिको कारोबार हुने गरेकोमा कारोबार सुस्ताउँदा यस्तो अवस्था आएको हो ।

पूँजीबजारमा आज नेप्सेमा सूचिकृत २२३ कम्पनीको ५३ लाख १० हजार २१५ कित्ता शेयर किनबेच हुदा दुई अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाको कारोबार भएको छ ।

आज सर्वाधिक करोबार गर्ने कम्पनीहरुमा नेपाल दुरसञ्चार कम्पनी रहेको छ कम्पनीको आज १४ करोड ५२ लाख रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, दोस्रो स्थानमा रहेको हिमालयन डिस्टिलरीको १० करोड ५१ लाख, तेस्रो स्थानमा रहेको महिला लघुवित्तको नौ करोड ३० लाख, नेशनल हाइड्रो पावरको ८ करोड ५१ लाख र महालक्ष्मीविकास बैंकको ७ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको हो ।

त्यस्तै, छैटौं स्थानमा रहेको अपि पावर कम्पनीको छ करोड, सातौं स्थानमा रहेको हाईड्रो इलेक्ट्रिसिटीको छ करोड, मुक्तिनाथ विकास बैंकको छ करोड ३० लाख, समृद्धि फाइनान्सको छ करोड १० लाख तथा दशौं स्थानमा नबिल बैंकको पाँच करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*