सबैको लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

१५ मंसिर २०७८, बुधबार १६:०१

काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर १६ गते ) अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर १७ गतेदेखी पुस २ गतेसम्म बुक क्लोज गर्ने भएकाले मंसिर १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३१ दशमलव ५ प्रतिशत बोनश शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरेर कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

उक्त प्रस्ताव पारितका लागि पुस ३ गते बिहान ११ बजे बन्दिपुर मान्टेन रिर्सोट बन्दिपुर तनहुँमा बस्ने गरी वार्षिक साधारण सभा आव्हान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*