सुनको मूल्य स्थिर हुदाँ चाँदी भने १० रुपैयाँले घट्यो

१६ मंसिर २०७८, बिहीबार ११:४८

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ४ सय रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*