नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ९ जनाबीच प्रतिस्पर्धा, असार २४ मा अन्तर्वार्ता

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि नौ जना उम्मेदवार सर्टलिस्टमा परेका छन्। सूचना तथा सञ्चार मन्त्रालयले आइतबार सूचना जारी गर्दै सर्टलिस्टमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको कार्यतालिका सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार सर्टलिस्टमा परेकामध्ये अर्जुन घिमिरे, अनन्त मान सिंह, अनिल कुमार झा, अमलेन्दु नारायण सिंह, जनार्दन भट्ट, मधुसुदन दाहाल, राजिव सुब्बा, सनाउल्लाह खान र सुशील प्रसाद साह रहेका छन्।
उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार २४ गते बुधबार सिंहदरबारस्थित सूचना तथा सञ्चार मन्त्रालयमा सञ्चालन हुनेछ। सार्वजनिक कार्यतालिका अनुसार बिहान ८ः१५ बजेदेखि साँझ ५ः४५ बजेसम्म फरक–फरक समयमा उम्मेदवारहरूलाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले उम्मेदवारहरूलाई आफूलाई तोकिएको समयभन्दा कम्तीमा ३० मिनेटअघि उपस्थित हुन निर्देशन दिएको छ। साथै व्यावसायिक कार्ययोजनाको सफ्टकपी, आवेदनका साथ पेश गरिएका सम्पूर्ण कागजातहरूको सक्कल र प्रतिलिपिसहित उपस्थित हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ।












