राष्ट्रिय जीवन बीमा कम्पनीमा ३६ जना कर्मचारी माग, कति चाहिन्छ योग्यता?

१९ असार २०८३, शुक्रबार १०:४४

काठमाडौं । सरकारी स्वामित्वको बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले विभिन्न पदहरूमा गरी ३६ जना कर्मचारी माग गरेको छ। कम्पनीले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो।

कम्पनीले सह व्यवस्थापक, सहायक व्यवस्थापक र सहायक पदको विभिन्न तहमा प्रशासन र प्राविधिक सेवा अन्तर्गतको विभिन्न समूहमा आवेदन खुलाएको हो।

कम्पनीले प्रशासन समूहतर्फ जम्मा ७ जना, लेखा सूमहतर्फ जम्मा १८ जना, कानून समूहतर्फ १ जना, सि.ए समूहतर्फ ४ जना, एक्चुरी समूहतर्फ ३ जना र सूचना प्रविधि समूहतर्फ ३ जनाबाट आवेदन माग गरेको हो।

सम्बन्धित पदहरूका लागि तोकिएको शैक्षिक लगायत अन्य योग्यता पूरा भएको इच्छुक नेपाली नागरिकले साउन ७ गतेभित्र र दोब्बर दस्तूर तिरी साउन १४ गतेभित्र अनलाइन दरखास्त फाराम पेश गर्नु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*