रिलायन्स लाइफकै उत्कृष्ट नमिता न्यौपाने माओवादी केन्द्रको विराटनगर महानगर सचिवमा निर्वाचित

शंकर लुईटेल
१८ मंसिर २०७८, शनिबार २२:३३

बिराटनगर । रिलायन्स लाइफकी उत्कृष्ट बीमा व्यवसायी नमिता न्यौपाने नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको सचिव पदमा निर्वाचित भएकी छिन् ।

अर्थमन्त्री जनार्दन शर्माले हिजो भव्य रुपमा उद्घाटन गरेको पार्टीको प्रथम नगर सम्मेलनबाट न्यौपाने विराटनगरको सचिव पदमा निर्विरोध निर्वाचित भएकी हुन् । स्थानीय राजनीति, समाजसेवा तथा बीमा व्यवसायमा छलाङ मार्दै अघि बढेकी न्यौपाने रिलायन्स लाइफबाट एमडिआरटी, सिओटी तथा टिओटी बिजेता उत्कृष्ट एजेन्सी म्यानेजर हुन् ।

आज सम्पन्न भएको महानगर सम्मेलनबाट विराटनगर महानगरको अध्यक्षमा नवीन पौडेल निर्विरोध निर्वाचित भएका छन् भने नगर कमिटीको उपाध्यक्षमा दिनेश राजवंशी, सावित्रा गौतम र डम्मरु भट्टराई निर्विरोध निर्वाचित भएको सो पार्टीले जनाएको छ ।

त्यसैगरी, नगर कमिटीको सहसचिवमा केमुना ओडारी मैनाली (शारदा) र कोषाध्यक्षमा महम्मद परबेज आजाम निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट ९९ सय सदस्यीय नगर कमिटी बनेको छ । नगर अध्यक्षका दाबेदार भोगेन्द्र मण्डल प्रदेश कमिटीमा लैजाने सहमति भएपछि सर्वसम्मत नेतृत्व चयन गर्न सम्भव भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*