एमडिआरटीको ग्लोबल कन्फरेन्स २०२२ अष्ट्रेलियाको सिड्नीमा हुने, सहभागी हुने मौका अझै बाँकी

१९ मंसिर २०७८, आईतवार १०:०६

काठमाडौं । प्रोफेशन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) को ग्लोबल कन्फरेन्स २०२२ आगामी वर्ष अष्ट्रेलियाको सिड्नीमा हुने भएको छ । मिलियन डलर राउण्ड टेवल संस्थाका अनुसार सन् २०२२ को अक्टोवर २८ देखि ३१ अर्थात २०७९ साल कार्तिक ११–१४ गते हुने भएको छ ।

एमडिआरटीको अन्तर्राष्ट्रिय सम्मेलन अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिने जनाइएको छ । सो सम्मेलनमा सहभागी हुने योग्यता पुगेका आवेदकहरुलाई सहभागी हुन आगामी मे महिनाबाट आवेदन खुल्ला हुने जनाइएको छ ।

एमडिआरटीका अनुसार विश्वभरका हजारौं व्यवसायिक बीमा अभिकर्ताहरु सहभागी भई क्षमता अभिबृद्धि तथा अनुभव आदान प्रदान गर्ने अन्तर्राष्ट्रिय फोरममा नेपालबाट समेत सयौं जना बीमा अभिकर्ताहरु सहभागी हुन पाउने भएका छन् ।

बीमा अभिकर्ताको रुपमा कार्यरत रही सन् २०२१ को जनवरी १ देखि आगामी डिसेम्वर ३१ गतेसम्म एमडिआरटीको लक्ष्य अनुसार बीमा शुल्क संकलन गर्न सफल भएका बीमा अभिकर्ताहरुले मात्रै सो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पाउने छन् ।

एमडिआरटीको लागि ३३ हजार अमेरिकी डलर अर्थात करिब ४० लाख रुपैयाँ व्यक्तिगत कोडमा बीमा शुल्क संकलन गरेको हुनुपर्नेछ । एमडिआरटीमा भाग लिन एकल बीमा शुल्कको जम्मा ६ प्रतिशत मात्रै गणना हुन्छ भने अन्य बीमा शुल्कको शत प्रतिशत गणना हुन्छ । तर, कोरोना महामारीका कारण नेपालबाट सहभागी हुने बीमा अभिकर्ताले आगामी डिसेम्वर ३१ भित्रमा ३४ लाख ९८ हजार रुपैयाँ भन्दा बढि बीमा शुल्क संकलन गरेको अवस्थामा मात्रै एमडिआरटीमा क्वालिफाई हुनेछन् ।

2 thoughts on “एमडिआरटीको ग्लोबल कन्फरेन्स २०२२ अष्ट्रेलियाको सिड्नीमा हुने, सहभागी हुने मौका अझै बाँकी

  1. Aayusha Prasain says:

    I would love to participate with the entire team members and wanted to grab a beautiful opportunity in my life . I will be honored .

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*