नेपाल बार एशोसिएनविरुद्धमा वकिलको पत्रकार सम्मेलन

१९ मंसिर २०७८, आईतवार २३:२७

काठमाडौं । स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायीहरुले समग्र न्यायपालिको पुनःसंरचना र त्यहाँ भएका विकृतको विरुद्धमा उच्च स्तरिय छानबिन समिति गठन गर्न माग सहित आज नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई ज्ञापन पत्र बुझाउने भएका छन् ।

अधिवक्ता त्रिलोक चन्दले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जनकारी दिएका हुन् । उनले नेपाल बार एसोसियसनले आफुहरुलाई सौताको छोरा जस्तो व्यवहार गरेर प्रहरी लगाएर गेटबाट छिर्न नदिएको भन्दै दुःख व्यक्त गरेका थिए ।

‘समग्र न्यायालयको पुनःसंरक्षण गर्नुपर्छ । अदालतमा रहेका सबै विकृतिका विरुद्ध एक हुनपर्छ भनेर हामी ज्ञापन पत्र बुझाँउन जादा नेपाल बारको गेटमै प्रहरी प्रशासन लगाएर हामीलाई भित्र छिर्न दिइएन् । उहाँहरुले आफ्नो कार्यक्रम भन्नुभयो हामीलाई सौताको छोरा जस्तो व्यबहार गर्नुभयो । तर, हामीले जबरजस्ती जान्छौं भनेपछि अध्यक्ष ज्यूले आज दिउँसो ३ बजेको समय दिनुभएको छ’, उनले भने ।

कार्यक्रममा बोल्दै चन्दले स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायीसँग आबद्ध कानुन व्यवसायिहरु र न्यायप्रेमी जनताहरुसँग मिलेर आफुहरुले बिगत ४१ दिन देखि सडक संघर्ष गरिरहेको उल्लेख गर्दै, उनले भने, ‘नेपाल बार एसोसियसनले आफ्ना माग फिर्ता गरोस र त्यो मागलाई समर्थन गर्ने तत्कालिन अवस्थामा १९ जना र पछि १४जना न्यायमूर्तिले समेत न्यायलयलाई बन्धन बनाएकोले न्यायलयको काम सुचारु गरोस भन्ने माग हामीले राखेका हौं’ ।

उनले विगतमा आफुहरुले सम्माननिय प्रधानन्यायाधीश र बार एसोसियशनलाई पनि ज्ञापनपत्र बुझाएका बताए ।
‘गोलाप्रथा द्वारा सर्वोच्च अदालत सुचारु गर्ने अवस्था आयो । एकहदसम्म गोलाप्रथा सफल पनि भयो । तर, उहाँहरुले प्रधानन्यायाधीश बिरामि भएको अवस्थामा पनि उहाँको स्वास्थ्यको पनि ख्याल नगरेर एक दिन उहाँहरुले बेन्च हेर्न नसक्ने अवस्था छ भनेर हेर्न नभ्याउने आदेश दिएर बसेको देखियो’ उनले भने ।

उनले फेरीपनि अदालतलाई यसरी नै बन्धन बनाइन्छ र नेपाल बारको काधँमा बन्धुक पड्काइन्छ भने हामीले नेपाल बारका पदाधिकारीको राजीनामा किन नमाग्ने ? भनेर प्रश्न उठाएको बताए ।

यस्तै, उनले नेपाल बार एसोसियनलाई मुठीभरका केहि बरिष्ठ दाँदाँहरुले आफ्नो पेवा र दायिजो जसरी बारको काँधमा बन्दुक पड्काएर प्रधानन्यायाधिशको नाजायज राजीनामा मागेको भन्दै खेद प्रकट गरेका थिए ।

‘उहाँले कसैको दबावमा राजीनामा दिनु हुँदैन । यदि सर्वोच्च अदालका अन्य न्यायाधीशले पनि अदालत सुचारु रुपमा चल्न दिएनन् भने तिनीहरुको विरुद्धमा पनि हामीले न्याय बिगार्न पाइदैन भनेर ज्ञापनपत्र बुझाउने छौं’ उनले भने ।

तपाईंहरु प्रधानन्यायाधीशको बचाउँमा उत्रीनुभएको भन्ने वरिष्ठ पत्रकार ऋषि धमलाको प्रश्नमा उनले भने, ‘हामी व्यक्तिगतरुपमा कसैको बचाउमा लागेका होइनौं, हामी समग्र न्यायपालीको पुनःसंरचना र त्यहाँ भएका विकृतको विरुद्धमा उच्च स्तरिय छानबिन समिति बनाएर प्रधानन्यायाधीशको गल्ती भए विधी बमोजिम कारबाही होस र ति लगायत अन्य न्यायाधीशमात्र होइन् नेपाल बारले राखेका माग गलत हो भनेर मात्र हामी लागेका हौ’ ।

साथै, उनले नेपाल बार एसोसियसनको नैतिकताको पतन भएको भन्दै उसैले अरुलाई नैतिकताको पाठ सिकाउनु नाजायज भएको टिप्पणी गरेका थिए ।

‘नेपाल बारले लगाएको आरोपलाई खण्डीत गर्न र प्रमाणित गर्न उहाँहरुसँग कुनै प्रमाण छैन् । अनावस्यक बखडा झिँकेर सम्माननिय प्रधानन्यायाधीशलाई मात्र होइन्,एउटा न्यायलयमाथि नै आरोप लगाइएको छ’, उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*