बीमा अभिकर्ताहरु एमडिआरटी बन्ने अन्तिम दौडमा, सिओटी र टिओटीको लक्ष्य पुर्याउन १९ दिन बाँकी

२६ मंसिर २०७८, आईतवार ०७:३७

काठमाडौं । हरेक पेशामा आबद्धहरुको एउटा सपना हुन्छ । त्यस्तै जीवन बीमा पेशामा आवद्ध बीमा अभिकर्ताहरुको पनि एमडिआरटी, सिओटी र टिओटी लक्ष्यका चुम्ने यस वर्षको सपना पूरा गर्ने अन्तिम समय अब धेरै बाँकी छैन । यस वर्षको एमडिआरटी लक्ष्य पुर्याउन १९ दिन बाँकी रहँँदा नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीमा कार्यरत एक लाख भन्दा बढि सक्रिय अभिकर्ताहरु एमडिआरटीको टार्गेट पुर्याउन सक्रिय भएर लागेका छन् । यसअघि नै सुरक्षित भइसकेकाहरु जनवरी १ देखि नयाँ व्यवसायको भेला पार्दैछन् भने लक्ष्य पुग्न बाँकी रहेकाहरु अन्तिम प्रयासमा तीव्र भएर जुटेका छन् ।

जीवन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म भएकोले एमडिआरटी, सिओटी र टिओटीलाई सफल र दक्षतायुक्त बीमा अभिकर्ता मानिने भएकोले पनि जीवन बीमा अभिकर्ताहरु सक्रिय रुपमा लागेका हुन् । त्यसो त हजारौं एजेन्सी तथा अभिकर्ताहरु यसअघि नै एमडिआरटी, सयौं सिओटी र टिओटीमा क्वाईलिफाईड भइसकेका छन् । उक्त लक्ष्य चुम्न बाँकी र केही नपुग भएका अभिकर्ताहरु निकै कडा मेहनत साथ लक्ष्यका लागि दौडिरहेका छन् ।

आगामी पुस १६ अर्थात डिसेम्वर ३१ सम्ममा एमडिआरटीको लक्ष्य ३४ लाख ९८ हजार (नेपालका लागि तोकिएको) पुर्याउने अभिकर्ताहरुले मात्रै आगामी वर्षको एमडिआरटीमा भाग लिन पाउने छन् । त्यसैले हजारौं अभिकर्ताहरु उक्त लक्ष्य पुरा गर्ने अभियानमा दौडिएको बीमा अभिकर्ताहरुले बताएका छन् । यर्थात एक हिसाबको एमडिआरटीको रन्कोले नै छोएको चर्चा बीमा क्षेत्रमा व्याप्त छ ।

जीवन बीमा प्रोफेशनलहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीमा हरेक अंग्रेजी वर्ष जनवरी १ देखि डिसेम्वर अन्तिम ३१ सम्म तोकिएको बीमा शुल्क ३४ लाख ९८ हजार रुपैयाँ संकलन गर्ने अभिकर्ताहरु उक्त सम्मेलनमा भाग लिन पाउनेछन् । मिलियन डलर राउण्ड टेवल अर्थात एमडिआरटी नाम दिइएको सो सम्मेलन हरेक वर्ष फरक फरक देशमा कार्यक्रम आयोजना गरिन्छ । अमेरिकाको चिकागोमा मुख्यालय रहेको एमडिआरटीमा क्वालिफाईड भएपछि उसले अर्को वर्ष अष्ट्रेलियाको सिड्नीमा हुने विश्व सम्मेलनमा भाग लिन पाउने छ ।

नेतृत्व विकास र क्षमता अभिबृद्धिका लागि एमडिआरटी उत्कृष्ट अन्तर्राष्ट्रिय प्लेटफर्म हो । त्यसैले पनि यसका लागि मानिसहरुले निकै मेहनत गरिरहका हुन्छन्, नेशनल लाइफका नेपाल टप सिनियर एजेन्सी म्यानेजर शंकर लामिछाने अशान्त बताउँछन् । ‘जीवनमा धेरै लक्ष्य हुन्छन्, तर व्यवसायिक दक्षता अभिबृद्धि गर्ने क्षमता विकास गर्ने अन्तर्राष्ट्रिय प्लेटफर्म आम बीमा अभिकर्ताहरुको लक्ष्य हुनुपर्दछ ।’

यस वर्ष कूल ३४ लाख ९८ हजार रुपैयाँ बीमा शुल्क संकलन गर्नेले एमडिआरटीमा क्वालिफाईड हुने व्यवस्था गरिएको छ । यद्यपि केही कम्पनीहरुले सो भन्दा बढि तोकेको पनि हुन सक्दछ । गत वर्ष एमडिआरटीमा क्वालिफाईड हुनको लागि ४४ लाख ३० हजार रुपैयाँ बीमा शुल्क संकलन गर्नुपर्ने व्यवस्था थियो । यस वर्ष एमडिआरटीको लक्ष्य घटाइएकोले समेत अभिकर्ता तथा एजेन्सीहरु उत्साहित हुँदै लक्ष्य भेट्टाउन सक्रिय बनेका छन् ।

सन् १९२७ मा संस्थापना भएको एमडिआरटी बीमा अभिकर्ताहरुको लागि अन्तर्राष्ट्रिय प्लेटफर्मममा भाग लिन उपयुक्त अवसर भएको नेशनल लाईफ इन्स्योरेन्सका नेपाल टप एजेन्सी शंकर लामिछाने अशान्त बताउँछन् । एमडिआरटीमा छनौट भएर अन्तर्राष्ट्रिय सम्मेलनहरुमा भाग लिइसकेका लामिछानेले एमडिआरटीमा भाग लिँदा अभिकर्ताहरुको मनोबद्ध उच्च हुनुको साथै अन्तर्राष्ट्रिय बीमा अभिकर्ताहरुसँग अनुभव आदान प्रदान हुने हुँदा व्यवसाय बृद्धिमा समेत भूमिका निर्वाह गर्ने अनुभव सुनाए ।
एमडिआरटीमा ७० देशका ५०० भन्दा बढि बीमा कम्पनीहरु आबद्ध छन् ।

One thought on “बीमा अभिकर्ताहरु एमडिआरटी बन्ने अन्तिम दौडमा, सिओटी र टिओटीको लक्ष्य पुर्याउन १९ दिन बाँकी

  1. Phadindra bishwakarma says:

    Very happy

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*