सुन तोलामा ३ सय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

२८ मंसिर २०७८, मंगलवार १२:१८

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । मंगलबार सुन तोलामा ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो  तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, सोमबार प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*