थप २६४ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

२८ मंसिर २०७८, मंगलवार २०:०७

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आज थप २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ३९२ जनामा पीसीआर परीक्षण गर्दा २२९ जनामा र ४ हजार ३१७ जनामा एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, मंगलबार पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ भने ३६२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार ६८९ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*