गणित विज्ञान स्कुलमा नयाँ विधार्थीहरुका लागि भर्ना खुल्यो, कति चाहिन्छ ?

२९ मंसिर २०७८, बुधबार ०७:३६

काठमाडौं । गणित विज्ञान स्कुलले नयाँ विधार्थीहरुका लागि नयाँ भर्ना खुलाएको छ। त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत गणित विज्ञान स्कुलमा सेमेस्टर प्रणाली अनुसार पढाई हुने ४ वर्षे स्नातक तहको एक्चुअरीयल साईन्को नयाँ भर्ना खुलाएको छ ।

ईच्छुक विद्यार्थीले अनलाइनबाटै आवेदन दिन सक्ने व्यवस्था गरेको छ । मंसिर २६ गतेदेखि पौष १८ गतेसम्म फारम भर्न सक्ने छन् । दोब्बर दस्तुरमा भने पुस २२ गते गतेसम्म आवेदन दिन सक्नेछन् ।अनलाईनबाटै नयाँ भर्नाका लागि आवेदन दिदाँ विद्यार्थीहरुले वपासपोर्ट साइजको फोटो, बैंक भौचर, एसएलसी÷एसइइ, प्लस टुको ट्रान्सक्रिप्ट र विद्यार्थीको हस्ताक्षर स्क्यान गर्न आग्रह गरेको छ।

प्रवेश परीक्षा लिखित, अन्तवार्ता दुबै हुने छ। लिखित परीक्षाको ८०, अन्तवार्ता १० र शैक्षिक योग्यताको १० गरी कुल १०० पुर्णाङ्कको प्राप्ताङ्कको आधारमा परिक्षा लिईनेछ । परीक्षा केन्द्र गणित विज्ञान स्कुल बल्खुमा हुने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*