सुन तोलामा ५ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?
२९ मंसिर २०७८, बुधबार १२:३०
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघको अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, मगलबार प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।