थप २८० जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु
२९ मंसिर २०७८, बुधबार १७:४३

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आज थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार २१२ जनामा पीसीआर परीक्षण गर्दा २५२ जनामा र २ हजार ७८२ जनामा एन्टिजेन परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, बुधबार पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ भने ३ सय जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार ६३५ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।