वर्ल्डलिंकले ६ सय एमबीपीएस गतिको इन्टरनेट ल्यायो, यस्ता छन् सुविधाहरु

२९ मंसिर २०७८, बुधबार २१:१३

वर्ल्डलिंकले ६ सय एमबीपीएस गतिको इन्टरनेट नेपालमा भित्र्याएको छ । उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज वर्ल्डलिंकले ल्याएको हो ।
यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने छ। योसँगै वर्ल्डलिंकको इन्टरनेटको स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस गतिको हुने कम्पनीले एक कार्यक्रमकाबीच घोषणा गरेको हो ।
उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने छन् । घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैयाँ अर्थात् मासिक एक हजार दुई सय रुपैयाँमै १५० एमबीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने छन् ।

१५० एमबीपीएस सहित २२५ एमबीपीएस र ३ सय एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ । ‘वर्ल्डलिंक सधै उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय ईन्टरनेट सेवा दिन तल्लिन छ । नेपालको ईन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने अनुरुप हामीले नयाँ योजना सार्वजनिक गरेका हौ,’ वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले भने ।

उच्च गतिको इन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कार्यालयको काम गर्न, भिडियो हेर्न, अनलाइन कक्षामा संलग्न हुनका साथै विभिन्न गेम खेल्नको लागि निकै सहज हुने वर्ल्डलिंकले अपेक्षा लिएको छ ।
वल्डलिंकका हालका प्रयोगकर्ताहरुले नयाँ योजनामा सहभागी हुन डुअल व्याण्ड भएको राउटर लिनुपर्ने हुन्छ । आगामी दिनमा पनि आग्रहहरुको सेवा सुविधामा सदैव तत्पर रह्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*