थप १८४ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

१ पुष २०७८, बिहीबार १७:०२

काठमाडौ । देशभर आज पछिल्लो २४ घण्टामा थप १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार २३० जनामा पीसीआर परीक्षण गर्दा १६० जनामा र ३ हजार ७८८ जनामा एन्टिजेन परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बिहिबार पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ भने २६७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार ५२६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*