बीमा अभिकर्ता भनेको के हो ? यी हुन् अभिकर्ता पेशा अगाल्नेले भुल्नै नहुने काम

३ पुष २०७८, शनिबार १३:५९

काठमाडौं । बीमा कम्पनीका कर्मचारीको रुपमा निश्चित कमिशनका रुपमा काम गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । जीवन बीमा कम्पनीहरुमा अभिकर्ताकालाई मेरुदण्डका रुपमा लिईन्छ । कम्पनीको निश्चित कमिसनका आधारमा बिमकको तर्फबाट बिमित सक्षम गई प्रवद्र्धन कार्य गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ ।

बीमाको पहुँच अझै पनि आम जनता सम्क्ष पुगीसकेको छैन । बीमाका लागि बीमितिमाझ पुगेर जनचेतना दिनु नै अभिकर्ताको मुख्य पेशा हो । त्यसै यस पेशालाई सेवामूलक पेशा पनि भनिन्छ । साधारणतया बिमकको तर्फबाट बिमित सक्षम गई प्रवद्र्धन कार्य गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । बीमा अभिकर्ताको न्युनतम शैक्षिक योग्यता एसएलसी वा सो सरहको उतिर्ण गरेको हुनुपर्दछ ।
यस्ता व्यक्तिले जो कोही पनि बीमा अभिकर्ता बन्न सक्छन् तर त्यसका लागि उक्त व्यक्तिले बीमा समीति वा सम्बन्धित बिमकले सञ्चालन गरेको बीमा अभिकर्तासम्बन्धी तालिम लिएको हुनुपर्दछ । त्यसपछि उसले बीमा अभिकर्ताको इजाजतपत्रको लागि बीमा समीतिले तोकेको ढाँचामा निवेदन दिनुपर्दछ ।

बीमा अभिकर्ताहरुको कर्तव्य/बीमा कम्पनीको तर्फबाट प्रतिनिधीको रुपमा बीमा गराउन चाहने मानिसको सम्पर्कमा पुग्ने, बीमा प्रस्ताव फारम भराउन सहयोग गर्ने, बिमितलाई बीमासम्बन्धी आवश्यक सरसल्लाह दिने तथा दाबी भुक्तानीको समयमा बिमितको परिवारलाई आवश्यक सहयोग गर्ने आदि कार्य हुन् । बीमा अभिकर्ताले प्रत्येक बीमालेख बिक्री गरेपश्चात् बिमकको तर्फबाट सो बापत प्रचलित बीमा नियमावली बमोजिम तोकिएको दरमा कमिसन प्राप्त गर्दछ ।

प्रविधिको युगको विस्तार भएसँगै बीमा क्षेत्र पनि त्यसबाट पन्छिन् भने पक्कै पनि सक्दैन । प्रविधिको नयाँ प्रयोग सँगै बीमा अभिकर्ताहरुले अनलाईन माध्यमबाट समेत बीमा गराउन थालिसकेका छन् ।
बीमा अभिकर्ताको इजाजतपत्रको लागि बीमा समीतिले तोकेको ढाँचामा निवेदन दिनुपर्दछ । बीमा अभिकर्ताहरुको कर्तव्य÷बीमा कम्पनीको तर्फबाट प्रतिनिधीको रुपमा बीमा गराउन चाहने मानिसको सम्पर्कमा पुग्ने, बीमा प्रस्ताव फारम भराउन सहयोग गर्ने, बिमितलाई बीमासम्बन्धी आवश्यक सरसल्लाह दिने तथा दाबी भुक्तानीको समयमा बिमितको परिवारलाई आवश्यक सहयोग गर्ने आदि कार्य हुन् ।
बीमा अभिकर्ताले प्रत्येक बीमालेख बिक्री गरेपश्चात् बिमकको तर्फबाट सो बापत प्रचलित बीमा नियमावली बमोजिम तोकिएको दरमा कमिसन प्राप्त गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*