सुन तोलामा २ सय रुपैयाँले वृद्धि, प्रतितोला कति पुग्यो ?
५ पुष २०७८, सोमबार १४:३६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । सुन आज तोलामा २ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबा। भइरहेको छ ।
हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, आइतबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार स्थिर रहदै सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।