सुन तोलामा ४ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?
१५ पुष २०७८, बिहीबार ११:४९
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा ४ सय रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, बुधबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोला १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।