दिन प्रतिदिन कोरोनाले लियो विकराल रुप, एकैदिन ५०८७ जनामा संक्रमण पुष्टि

३० पुष २०७८, शुक्रबार १६:५५

काठमाडौं । पछिल्लो समय कोरोनाले दिनप्रति दिन विकराल रुप लिइरहेको छ । साम्य हुन लागिकसकेको कोभिड–१९ पछिल्लो केही दिनयता फेरी क्रमिक रुपमा बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ, जुन पछिल्लो तथ्याङ्कको आधारमा उच्च संक्रमणदर हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १३ हजार ४९८ जनामा पीसीआर परीक्षण र ७ हजार ८६ जनामा एन्टिजेन परीक्षण गर्दा ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ भने ३०६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १८ हजार २३ जना कोरोनाका संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना यो साताको आइतबार १ हजार १६७ जना, सोमबार १ हजार ४४६ जनामा, मंगलबार २ हजार ४४४ जनामा, बुधबार ३ हजार ७५ जनामा, बिहिबार ३ हजार ५५३ जनामा र आज (शुक्रबार) ५ हजार ८७ जनामा संक्रमण देखिएको छ । एक साता नपुग्दै कोरोना ४ गुण भन्दा वृद्धि हुदाँ सबै जिल्लामा कडाइका साथै स्मार्ट लकडाउन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*