आन्दोलनरत अभिकर्ता संघर्ष समिति र नेपाल लाइफ व्यवस्थापन बीच आज वार्ता हुँदै

२ माघ २०७८, आईतवार ०९:०८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि आन्दोलनरत बीमा अभिकर्ता सम्बद्ध संघर्ष समिति र व्यवस्थापनबीच आज वार्ता हुने भएको छ । अभिकर्ता केन्द्रीय संघर्ष समिति, नेपाल लाइफको आह्वानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आन्दोलन जारी छ ।

संघर्ष समितिले गत पुस १७ गतेदेखि जीवन बीमा पोलिसी काट्ने कार्य बहिस्कार गर्दै आन्दोलन गर्दै आइरहेकोमा यस अघि पटक पटक वार्ताहरु भएपनि सहमति हुन सकेको थिएन । आज दुवै पक्षका बीचमा निर्णायक वार्ता हुन लागेको हो । वार्तामा नेपाल लाइफका उच्च व्यवस्थापक, कामु सिईओ लगायतका व्यक्तिहरु सहभागी हुनेछन् ।

आजको वार्तामा पेशागत जीवन बीमा अभिकर्ता संघ समेत सहभागी हुँदैछ । संघकोतर्फबाट अध्यक्ष नन्द तिवारी कोरोना संक्रमणका कारण वार्तामा सहभागी हुन सक्नेछैनन् । यद्यपि पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यसहितका पदाधिकारीहरु आजको वार्तामा सहभागी हुने जनाइएको छ ।

आजका लागि तोकिएको वार्ता असफल भएमा पेशागत बीमा अभिकर्ता संघ समेत आन्दोलनमा जाने तयारी भइरहेको छ । आजको वार्ता असफल भएमा तालाबन्दीमा उत्रन बाध्य हुने संघर्ष समितिका संयोजक गणेश अघिकारीले बताए ।

उता, नेपाल लाइफले भने अभिकर्ता सम्बद्ध संघर्ष समितिले गरेको आन्दोलनका सम्बन्धमा केही बताउन चाहेको छैन । पछिल्लो समय नेपाल लाइफ इन्स्योरन्स कम्पनीमा व्यवस्थापन खर्च अत्याधिक मात्रामा बढ्दा बीमा शुल्क महंगो हुनुको साथै बोनसदर घट्दैछ । बीमा अभिकर्ताहरुले बोनसदर नघटाउन माग गरेर जारी आन्दालनकै बीचमा नेपाल लाइफ व्यवस्थापनले १० करोड भन्दा बढि रकम विज्ञापनमा खर्च गरिसकेको छ । सो मध्ये कान्तिपुरलाई मात्रै दुई कराडभन्दा बढि भुक्तानी गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*