जन्मदिनमा अपाङ्ग केन्द्रलाई आर्थिक सहयोग तथा प्रहरीलाई मास्क र स्यानिटाईजर हस्तान्तरण

१५ माघ २०७८, शनिबार १४:३८

पाल्पा । पछिल्लो समय होटल तथा रेष्टुरेन्टमा गई लाखौं खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ । मनोरञ्जनको नाममा बिकृति पनि बढ्दै गएको देखिन्छ । तर सिटिजन लाइफ इन्स्योरेन्सकी सिनियर एजेन्सी म्यानेजर रिता पाण्डेले आफ्नो जन्मदिनमा हिजो एकै दिन दुई वटा कार्यक्रम गरी फरक तरिकाले मनाई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रयास गरेकी छिन् ।

जन्मदिनको अवसरमा तानसेन–७ स्थित काजिपौवामा रहेको सिर्जनसिल अपांग स्वाबलम्बन केन्द्रलाई एक दिनको खाना खर्च ७ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । साथै उनले जन्मदिनकै अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर आफ्नो जन्मोत्सव मानाएकी छन् ।

फ्रन्टलाईनमा बसेर देश र जनताको सेवा गर्ने प्रहरीलाई कोरोना कहरमा बढी जोखिम हुने भएकाले ४ सय थान मास्क, १० लिटर सेनिटाइजर र थर्ममिटर हस्तान्तरण गरेको शाखा प्रमुख विजय कार्कीले बताए ।

आफ्नो जन्मोत्सवमा इन्स्योरेन्स बाट कामएको केही रकम सामाजिक कार्यमा हरेक बर्ष यसरी नै सहयोग गर्दै आएको पाण्डेले बताइन् । लुम्बिनी मेडिकल कलेजमा लामो समय काम गरेकी पाण्डेले ल्याब एसिस्टेन्टको पेशा छोडी बिगत ४ वर्ष देखि सिटिजन लाइफ इन्स्योरेन्समा बिमा अभिकर्ताको रुपमा कार्यरत छिन् । अहिले उनी कम्पनीकै उत्कृष्ट सिनियर एजेन्सी म्यानजरको रुपमा परिचित छिन ।

कार्यक्रममा कम्पनिका पाल्पा शाखा प्रमुख विजय कार्की, एजेन्सी म्यानेजर शिरीष नेपाली, एजेन्सी संगीता थापा, सिटिजन इन्टरनेसनल बैंक प्रभास शाखा प्रबन्धक निशा थापा लागाएतको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*