दिनदिनै धरापमा पर्दै बीमा अभिकर्ता पेशा, बीमा समितिदेखि बीमा कम्पनीसमेत अभिकर्ता मैत्री देखिएनन्

दिपक बिष्ट
१५ माघ २०७८, शनिबार १५:०६

काठमाडौं । पछिल्लो तथ्याङ्क अनुसार एक लाख भन्दा बढि सक्रिय बीमा अभिकर्ताहरुले नेपाली बीमा क्षेत्रमा काम गरिरहेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्प्नी मध्ये सबैको मेरुदण्ड भनेका बीमा अभिकर्ता नै हुन् । तर, यिनै बीमा अभिकर्ताहरुको पेशा दिनानु दिन संकटमा पर्दैछ । पछिल्लो समय नियामक निकाय बीमा समितिदेखि बीमा कम्पनीहरु समेत अभिकर्तामैत्री देखिन छोडेका छन् । पछिल्लो समय बीमा समितिको कतिपय नियमका कारण समेत बीमा कम्पनीहरुलाई अभिकर्ता मैत्री हुन सकेका छैनन् ।

गत मंसिर र पुस महिना बीमा अभिकर्ताहरुको लागि निकै दुःखद रह्यो । बीमा व्यवसाय घटेसँगै उनीहरुको रोजीरोटीमाथि संकट आईपरेको छ । देशको आर्थिक संकटको असर अहिले जीवन बीमा क्षेत्रमा परिरहेको छ । कोरोना महामारीमा नव्यहोरेको संकट व्यहोर्नुपर्दा बीमा अभिकर्ताहरु निकै चिन्तित तथा कतिपय त बैकल्पिक पेशातर्फ समेत आकर्षिकत भइसकेका छन् ।

दुई चार जना बीमा अभिकर्ताहरुले पेशा छोड्दैमा न बीमा समितिलाई केही फरक पर्छ न बीमा कम्पनीलाई नै । तर, नेपाली जीवन बीमा क्षेत्रलाई भने यसले गम्भिर असर पार्दछ । किनकी यो सुरुवात हो ।

बीमा समितिले बीमा अभिकर्ताहरुलार्ई दलाल, कमिशन बढि लिने जात भनेर व्यवहार गरेबाट अभिकर्ताहरु निराश भई यो पेशाबाट विस्थापित हुने जोखिम बढेको छ । साथै ऋण लिनबाट बीमा अभिकर्ताहरुलाई बञ्चित गरिएको छ । बीमा समितिमा नयाँ अध्यक्ष नियुक्त भएको एक वर्र्ष भइसकेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा अभिकर्ताहरुको सुविधा कटौतिमा मात्रै ध्यान केन्द्रीत गरेका छन् । अभिकर्ताले लिन पाउने ऋण सुविधा बन्द गरिदिएका छन् भने अन्य थुप्रै नियमहरु बीमा अभिकर्र्तामैत्री छैनन् । नयाँ नीति निर्माण गर्दा बीमा समितिले अभिकर्ताहरुसँग छलफल नै गरेको छैन । लाग्छ, बीमा अभिकर्ता बीमाका कुनै अंग नै होइनन् ।

बीमा समितिले बीमा अभिकर्ताको पेशालाई अप्ठेराेमा मात्रै पारेकाे छैन, पेशागत परिचय समेत खोसेर सिंगो बीमा अभिकर्तालाई बद्नाम गराउन उद्यत छ । संस्थागत बीमा अभिकर्ताको लाईसेन्स भटाभट वितरण गरिरहेको छ । संस्थागत बीमा अभिकर्ताको लाईसेन्स वितरणपछि अब बीमा अभिकर्ताको तालिम नलिएका तथा अभिकर्ताको लाईसेन्स नलिईकन पनि बीमाको व्यवसाय गर्न पाइने भएको छ । यसले बीमा क्षेत्रमा विकृति भित्राउने निश्चित छ । रोचक कुरा के छ भने गैर अभिकर्ताले गरेको खराब कामको जिम्मेवारी बीमा अभिकर्ताले लिनुपर्ने भएको छ ।

बीमा कम्पनीहरुले पनि अभिकर्तालाई तालिम, मोटिभेशन ट्रेनिङ आदि त दिएका छन् । कमिशन पनि राम्रो दिएका छन् । हरेक बीमा अभिकर्ताका अध्यक्ष तथा लगानीकर्ताहरुले अभिकर्तालाई दिने कमिशन घटाउन पाएमा मुनाफा बढ्ने भन्दै अभिकर्तालाई दिने सुविधामा कर्के आँखा लगाउन थालेका छन् ।

खाडी मुलुकमा श्रम बिक्री गरेर देशको अर्थतन्त्र चलाएको देशमा एक लाख मानिसहरुलाई रोजगारी दिएको पेशामा चारैतिरबाट भइरहेको प्रहारप्रति बीमा अभिकर्ताहरुले सशक्त आवाज उठाउन सकेका छैनन् । बीमा अभिकर्ता पेशाप्रति प्रविधिको क्षेत्रबाट समेत चुनौति छ । भारतसहितका विश्वमा एप्सबाट क्लीक गरेको भरमा बीमा गर्न पाइन्छ । नेपाली बीमा अभिकर्ताहरु भने अझै दक्षतायुक्त भएर बीमा क्षेत्रमा परिचालन हुनै बाँकी छ ।

2 thoughts on “दिनदिनै धरापमा पर्दै बीमा अभिकर्ता पेशा, बीमा समितिदेखि बीमा कम्पनीसमेत अभिकर्ता मैत्री देखिएनन्

  1. रबिरन्जन गुरमैता says:

    यसरी जिवन बीचमा कम्पनिहरुले मनमानि रुपमा अभिकर्ता हरुको हकअधिकार खोसनु र बिना राय सर सल्लाह गरी कुनै निर्णय लिनु, अभिकर्ताहरु लाई पहिले देखि लिदै आएको सेवाहरु बन्द गर्नु जस्तै अभिकर्ता लाैन न दिनु जस्ता सेवाहरु बाट बन्चित गर्नु यो कुरालाहरु लाई पुन सच्चाई अभिकर्ताहरु सबै सेवाहरु पुन दिन म बिमा कम्पनि लगायत बिमा समिति लाई अनुरोध गर्दछु ।

  2. मोहन झा says:

    तपाईं को बिचार 100% सहि छ। अभिकर्ताहरु लाई एकजुट भै शंघर्षको बिकल्प छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*