लगानी नै नगरी बार्षिक करोडौं रुपैयाँ अमेरिका लैजादै मेट लाइफ, कहिलेसम्म छाडा छोड्ने ? बहस गरौं

५ फाल्गुन २०७८, बिहीबार ११:५८

बीमा बहस

यतिबेला देशमा तरलता हाहाकार छ । विदेशी मुद्राको संचिती लगातार खस्किरहेको छ । देश यस्तो अप्ठेरोबाट गुज्रिरहेको समयमा समेत ३३ करोडभन्दा बढि रकम डलरमा साटेर अमेरिका लैजाँदैछ । हालसम्म मेट लाईफले अर्बौ रुपैयाँ नेपालबाट लगिसकेको छ । लगानी शून्य, लाइसेन्सको भरमा यसरी अर्बौ रुपैयाँ कहिलेसम्म लैजान दिने ? नयाँ बहस सुरु आरम्भ गरिएको छ ।

नेपालमा शून्य लगानी रहेको मेट लाइफले बीमा समितिबाट लाइसेन्स पाएकै भरमा बार्षिक करोडौं रुपैयाँ मुनाफा नेपालबाट बाहिर लाँदैछ । विदेशी लगानीबापत आम्दानी गरेर विदेश लैजानु सामान्य र स्वाभाविकै प्रक्रिया भएपनि मेट लाईफले एक रुपैयाँ पनि लगानी नगरी अर्थात शून्य लगानीमा प्रत्येक वर्ष करोडौं रुपैयाँ मुनाफा भन्दै अमेरिका लगिरहेको छ ।

नियामक निकाय बीमा समितिले कुनै पनि बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण गर्न प्रतिबन्ध लगाएको छ । बोनस शेयरमा लाभांश भने वितरण गर्न पाउने व्यवस्था गरेको छ । तर, मेट लाईफसँग कित्ता पनि शेयर छैन । त्यस्तो कम्पनीले बोनस शेयर वितरण गर्ने कुरै भएन । अमेरिकी कम्पनीको नेपालस्थित शाखा कार्यालयलाई यसअघि नगद लाभांश लैजान रोक लगाउँद सर्वोच्च मुद्दा हालेर नगदै लाभांश लैजादै आएकोले पनि यस पटक बीमा समितिले नरोकेको समितिकै उच्च अधिकारीहरुको भनाई छ । अब नगदमा मुनाफा लैजान दिने सर्वोच्च अदालत देखि सडकसम्म यस विषयमा बृहद बहस जरुरी हुन आएको छ । खुल्ला बहसले यसको औचित्य, आवश्यता र थप नियमनका विधिमाथि थप प्रष्ट भए अघि बढ्न सहयोग पुग्नेछ ।

कुनै समय थियो । बीमाको पहुँच बृद्धिका लागि विदेशी कम्पनी, शिप नेपाल भित्राउने । तर, अब समय परिवर्तन भइसकेको छ । नेपालमै १८ वटा जीवन बीमा कम्पनी दर्ता भई सञ्चालन भइरहेका छन् । देशको कूल बजेटको २५ प्रतिशतभन्दा ठूलो जीवन बीमा कोष खडा गरिरहेको सन्दर्भमा अब मेट लाइफ जस्तो एक रुपैयाँ पनि पुँजि लगानी नगरी बार्षिक करोडौं रुपैयाँ लाभांश बापत लैजाने कम्पनी नेपालमा कहिलेसम्म चल्न दिने ? छलफल, बहस र अन्तरक्रिया जरुरी हुन आएको छ । आजको दुनियामा एक रुपैयाँ समेत पुँजि लगानी नगरी अमेरिकी भएकै भरमा नेपालीहरुले उक्त कम्पनीमा बीमा गर्ने र त्यस बापत अर्बौ रुपैयाँ अमेरिकी कम्पनीलाई बुझाउनुपर्ने व्यवस्थाको अन्त्य गर्ने नयाँ सोच सरकारमा रहेर नीति निर्माण गर्ने तथा नियामक निकायले सोच्न आवश्यक छ ।

मेट लाइफको नेपालस्थित शाखा कार्यालय कुन रुपमा सञ्चालन गर्न दिने वा के गर्ने भन्ने विषयमा बीमापोष्टले खुल्ला बहस सुरुवातको घोषणा गर्दछ । बीमा क्षेत्रमा दुई खालको नियमन विधि मान्नुपर्ने, देश संकटमा परेको अवस्थामा समेत योगदान नगर्ने कम्पनीमा बीमा गर्ने कि नगर्ने भन्ने विषयमा आम जनताले समेत बुझ्न, जान्न र पढ्न आवश्यक भएकोले यो बहसमा सहभागी हुन हामी सबैमा हार्दिक अनुरोध गर्दछौं ।

4 thoughts on “लगानी नै नगरी बार्षिक करोडौं रुपैयाँ अमेरिका लैजादै मेट लाइफ, कहिलेसम्म छाडा छोड्ने ? बहस गरौं

  1. भेष कुमारी राई says:

    सत्यम् शिवम् सून्दरम्
    यथार्थ समाचार सम्प्रेषण गर्नु भएकोमा मुरी मुरी धन्यवाद टक्र्याउन चाहन्छु।
    सम्बन्धित पदमा आसिन पदाधिकारीको ध्यानाकर्षण होस्। सहि कर्तव्य, उत्तरदायित्व, ज्ञान, चेतना, श्रद्धा, आत्मविश्वासका साथ सत्य कर्मयोगी भएको खण्डमा सबैको न्याय हुनेछ। सबैको जय होस्।

  2. Raju sah says:

    बिमा समिति कहा हुनुहुन्छ तपाई

  3. बिमलेश के पी says:

    यो पोस्ट गर्ने ब्यक्ति मेटलाइफ को प्रतिद्वन्दी होला य त बिमा समितिले समेत कमिसन को भरमा छुट दियेको मेरो ठमयाइ हो । यस्को पुर्न जिम्मेवारी बिमा समिति को हुनुपर्छ ।।।।

  4. sita bhusal says:

    सम्बन्धि समितिको ध्यानाकर्षण होस तुरुन्तै

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*