सुन तोलामा १ सय रुपैयाँले वृद्धि, चाँदी स्थिर
८ फाल्गुन २०७८, आईतवार १२:५६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । साताको पहिलो दिन सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।
त्यस्तै, शुक्रबार प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने स्थिर रहदै सोही मुल्यमा कारोबार भइरहेको छ ।











