नयाँ बानेश्वरमा एमसीसी विरोधी आन्दोलनकारीमाथि प्रहरीले गोली चलायो

८ फाल्गुन २०७८, आईतवार १६:२९

काठमाडौं । एमसीसीको विरोध गर्दै नयाँ बानेश्वरमा भेला भएका आन्दोलनकारी माथि प्रहरीले रबरको गोली चलाएको छ । केहीबेर अघि काठमाडौं प्रहरी परिसरको आदेशमा प्रहरीले रबरको गोली चलाएको हो । आन्दोलनकारीहरु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तर्फ अघि बढेपछि गोली चलाएको हो ।

प्रहरीले आन्दोलनकारीलाई ताकेर रबरको गोली चलाएको छ । साथै प्रहरीले हवाई फायर समेत नगरी सिधैं गोली चलाउनुले काठमाडौं प्रहरीको नेतृत्वले मानव अधिकार उल्लंघन गर्दै एमसीसीका विरोधीमाथि गोली चलाएको आरोप आन्दोलनकारीले लगाएका छन् ।

तस्विर सौजन्यः अनलाईन खवर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*