सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आवेदन खुल्ला, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

८ फाल्गुन २०७८, आईतवार १७:०६

काठमाडौं । सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आवेदन खुल्ला गरिदिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले सूचना जारी गर्दैै यस्तो जानकारी दिएको हो ।

सूचनामा बेरोजगार भएकाहरुलाई फागुन महिनाभित्रमा २०७९/८० का लागि आवेदन दिन आग्रक गरिएको छ। रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम बेरोजगार भएकाहरुले आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा आवेदन दिनुपर्नेछ ।

आवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम १०० दिनको रोजगारमा संलग्न नभएको हुनुपर्नेछ। रितपूर्वक प्राप्त आवेदनलाई वडा कार्यालयले छानबिन गरी बेरोजगार ठहर हुने सबै मापदण्ड पूरा गरेको प्रमाणित गर्नुपर्नेछ। त्यस्ता आवेदकलाई कम्तीमा १०० दिनको रोजगारी प्रदान गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*