केन्द्रीय तथ्याङ्क विभागले माग्यो करारमा ६३०३ जना कर्मचारी, मासिक तलब ३० हजारसम्म

१० फाल्गुन २०७८, मंगलवार १४:२२

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले करार पदका लागि कर्मचारी माग गरेको छ । विभागले एक सूचना प्रकाशित गर्दै ६ हजार ३०३ जना कर्मचारी करारमा नियुक्ती गर्ने गरी माग गरेको हो ।

विभागले २ महिना करार अवधिका लागि सुपरिवेक्षकमा १ हजार २८० जना मासिक ३० हजार २०० रुपैयाँ र गणकमा ५ हजार २३ जना मासिक २८ हजार ६१० रुपैयाँ पारिश्रमिक तोकि कर्मचारी माग गरेको छ । विभागले शूरु हुन लागेको कृषि गणना–२०७८ का लागि तथ्यांक संकलन गर्नुपर्ने भएकाले सुपरिवेक्षक र गणक पदमा कर्मचारी आव्हान गरेको हो ।

सुपरिवेक्षकका लागि शैक्षिक योग्यता लागि मान्यता प्राप्त संस्थाबाट स्नातक तह तथा गणकको लागि प्रविणता पत्रतह वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने छ । साथै, कृषि विज्ञान वा तथ्याक विषय लिई अध्ययन गरेको, राष्ट्रिय स्तरका गणनामा कार्य अनुभव भएको तथा सम्वन्धित स्थानीय निकायमा बसोबास गरेकोलाई विशेष प्रथामिकता दिने विभागले जनाएको छ ।

योग्यता पुगेका ईच्छुक ब्यक्तिले सूचना प्रकाशित भएको मितिले २८ दिनभित्र अर्थात् आगामी चैत्र ७ गतेभित्र विभागको अनलाईन जनशक्ति भर्ना प्रणालीमा आवेदन दिनुपर्ने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*