सुन तोलामा ५ सय रुपैयाँले वृद्धि

११ फाल्गुन २०७८, बुधबार ११:५३

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । मंगलबार तोलामा ८ सय रुपैयाँमा बुधबार भने ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्नय प्रतितोला ९६ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, मंगलबार प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने तोला ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*