विश्वका शक्तिशाली राष्ट्रहरु युद्धमा, रसियाद्धारा युक्रेनमा आक्रमण सुरु

१२ फाल्गुन २०७८, बिहीबार १०:३९

काठमाडौं । विश्वका सर्वशक्तिमान राष्ट्र अमेरिका र रसिया अन्ततः युद्धको आमने सामने उभिएका छन् । युरोपेली राष्ट्र युक्रेनले नेकोको सदस्यता लिन खोज्दा उत्पन्न विवाद अन्ततः युद्धमा परिणत भएको छ । युक्रेनमाथि रसियाले हमला सुरु गरेपछि दुई देशका बीचमा युद्ध सुरु भएको हो । युक्रेनको राजधानी किभ, डोनेट्स्क र लहान्सक क्षेत्रमा ठूला विष्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ । डोनेट्स्क र लुहान्सकलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिइसकेको छ ।

पुटिनले आज विहानै रसियाली सैनिकहरुलाई युक्रेनमाथि आक्रमण गर्न आदेश दिएका छन् । राष्ट्रपति पुटिनको आदेशसँगै युक्रेनमाथि हमला सुरु भएको छ । कैयौं स्थानमा विस्फोटको आवाज सुनिएको तथा युक्रेनको राधजानीमा समेत धुवाको मुस्लो देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

युक्रेन मामलामा छलफल गर्न संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको आपतकालिन बैठक आह्वान गरिएको छ ।

नेटो सदस्यता दिलाएरै छोड्ने अभियानमा रहेको अमेरिकाको प्रतिक्रिया आउन बाँकी छ । रसिया र युक्रेनका बीचमा उत्पन्न विवादमा युक्रेनको पक्षमा उभिएको अमेरिकाले सो सम्बन्धमा आज धारणा सार्वजनिक गर्नेछ ।

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन मामलामा इन्टरफेयर गर्न आउने जोसुकैले कडा जवाफको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । उनले रसियाका विरुद्धमा गतिविधि गर्नेले इतिहासकै ठूलो र विध्वंसकारी सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

युक्रेनको समाचार संस्था युक्रेनफ्रम डटनेटले रसियाली सेनाले महत्वपूर्ण सैन्य अड्डामा हवाई आक्रमण गरिएको र रसियाली सेनाहरु सीमा पार गरेर युक्रेनतर्फ प्रवेश गरेको जनाएको छ ।

यसैबीच, युक्रेनमा संकटकाल घोषणा गरिएको छ । रसियाले युद्ध प्रारम्भ गरेपछि युक्रेनमा आजदेखि संकटकालको घोषणा गरिएको हो ।

 

तस्विर सौजन्यः डेलीमेल

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*