सुनचाँदीको मूल्य बढ्यो

१२ फाल्गुन २०७८, बिहीबार ११:५९

काठमाडौं । सुनको मूल्य प्रतितोला ९९ हजारमा निधारण भएको छ। अघिल्लो दिन प्रतितोला ९६ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज २५ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० तोकिएको छ । जसको मूल्य हिजो प्रतितोला ९६ हजार तोकिएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३५५ कायम रहेको महासङ्घले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*