एमसीसी पास गरेपछि नेपाल कम्युनिष्ट पार्टीसँग चीन स्तब्ध, देउवा सरकारमाथि चर्को दवाव

१७ फाल्गुन २०७८, मंगलवार १४:२२

काठमाडौं । आफ्नो छिमेकी मुलुक अमेरिकी एजेन्ट बन्ने गरी नेपालले एमसीसी नामक परियोजना लागू गरेपछि चीन स्तब्ध बन्न पुगेको छ । एमसीसी परियोजना पास गर्ने कार्यमा यहाँका कम्युनिष्ट पार्टीहरुकै संलग्नता रहेपछि चीन स्तब्ध बन्न पुगेको हो ।

एमसीसी पास गरेपछि नेपाल सरकार समक्ष आफ्ना चासोहरु राख्न थालेको छ । नेपाललाई अमेरिकी एजेन्ट बनाउने गरी अघि बढाइएको एमसीसी सम्झौतामा नेपालका कम्युनिष्ट पार्टीहरुले हस्ताक्षर गरेपछि चीनियाँ कम्युनिष्ट पार्टीका नेताहरु नेपाली कम्युनिष्ट पार्टीका नेताहरुसँग निराश बन्न पुगेको बेईजिङस्थित उच्च स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सरकारले हठात एमसीसी पारित गरेपछि बेईजिङले नेपाल समक्ष दवाव बढाएको छ । चीनले दिएको दवावबारे हिजो बसेको मन्त्रिपषिदको बैठकमा छलफल भएको जनाइएको छ ।

काठमाडौंस्थित उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेर बहादुर देउवाले चर्को चिनियाँ दवावको सामना गरिरहेको जनाएको छ । चीनको दवाव बढेपछि हिजो हिजो बसेको मन्त्रिपरिषदको बैठकले चीनविरुद्धमा नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता गर्दै एक निर्णय गरेर बेईजिङ पठाइएको जनाइएको छ । तर, त्यतिले मात्रै चीन सन्तुष्ट हुन सकेको छैन । चीनले नेपाली जनताले सडक र संसदमा त्यति धेरै विरोध हुँदा हुँदै एमसीसी पास गर्नुको कारण सोधिरहेको छ । त्यस्तै, नेपालको परराष्ट्र नीतिमा इण्डोप्यासिफिकमा सामेल हुने हो वा होईन के हो ? यदि इण्डोप्यासिफिकमा सामेल नहुने भएमा एमसीसी पारित गर्नुको कारण के हो ? भनेर कुटनीतिक च्यानलमार्फत सोधिरहेको जनाइएको छ ।

चीनको चर्को दवावपछि प्रधानमन्त्री शेर बहादुर देउवा निकै अत्तालिएका छन् । अत्तालिएका प्रम देउवाले हिजोको मन्त्रिपरिषदको बैठकबाट चीनलाई आश्वस्त बनाउन खोजेका छन् ।

चिनियाँ दवावसँगै हिजै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने प्रयास गरेका छन् । तर, माओवादीलाई चीनले भारतीय र अमेरिकी एजेन्टको रुपमा चित्रण गर्न थालेको छ । यसअघि भारतीय दलालको रुपमा माओवादी हेर्ने गरेकोमा अब जनयुद्धमा गरेको मानव अधिकार हनन्का घटनाबाट जोगिनका निमित्त अमेरिकाको लागि समेत काम गरेको आरोप चिनियाँ कम्युनिष्ट पार्टीले निष्कर्ष निकालेको बताइन्छ ।

काठमाडौंस्थित चिनियाँ जानकारहरुका अनुसार चीनले आगामी दिनमा माओवादी केद्रका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादी र नेकपा एमालेमाथिलाई विश्वास नगर्ने बरु बैकल्पिक शक्ति मार्फत नेपालमा स्थायी राजनीतिक परिवर्तन र विकास चाहेको बताउन थालेका छन् । यसबाट एमसीसीसँगै नेपालका कम्युनिष्ट पार्टीहरुको राजनीतिक भविष्य समेत संकटमा पर्ने देखिएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गत अमेरिकाले नेपाललाई ५० करोड डलर सहयोग दिन लागेको हो । त्यति सहयोगको लागि नेपाली कांग्रेस, माओवादी केन्द्र तथा एमाले समाजवादीले देशलाई अमेरिकी कानुन लागू गर्ने विधेयक संसदबाट पारित गरी देश बिक्री गरेपछि देशैभरिका जनता आक्रोसित र स्तब्ध बनेका छन् ।

यद्यपि चीनले औचापरिक रुपमा कुनै जानकारी दिएको छैन । दुई दिन पहिले बेईजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता होई चुन्यिङले नेपालले गरेको सम्झौता नजिकबाट अध्ययन भइरहेको मात्रै बताएकी थिइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*